काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै

काठमाडौं, ६ जेठ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार शाहले २६ हजार ७५ मत ल्याएका छन् । यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।

स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले अहिलेसम्म २६ हजार ६ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाएका छन् ।

Facebook Comments Box