आज देशका ४ प्रदेशमा चटयाङसहित वर्षाको सम्भावना

काठमाडौं, १ जेठ – जल तथा मौसम पर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपास रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश नं १, मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने, प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १,वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

Facebook Comments Box