पोखरा महानगरपालिकाको मतगणना सुरु
पोखरा, ३१ वैशाख – पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो । पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नेकपा एमालेबाट कृष्णबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य, राप्रपाबाट शंकरप्रसाद खराल, स्वतन्त्र उम्मेदवार गनेस पौडेल चर्चामा छन् ।
Facebook Comments Box

