सार्वजनिक सवारीको भाडा १० देखि १५ प्रतिशतसम्म बढ्याे
काठमाडौं, २० चैत – सरकारले एउटा प्रदेशबाट अर्को प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १० देखि १५ प्रतिशतसम्म बढाएको छ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार आइतबार यात्रुबाहक सवारीको भाडा १० देखि १० प्रतिशतसम्म बढाइएको हो।
पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशत र तराईका जिल्लामा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धिलाई आधार मानेर विभागले लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय लिइएको जनाएको छ।
संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने तयारी गरेका छन्। काठमाडौं उपत्यकासहितका छोटो दूरीको भाडा प्रदेश सरकारले बढाउने छ।
Facebook Comments Box

