न्याय सेवा आयोगले एकसाथ १८५ जना कर्मचारी सरुवा गर्न सिफारिस
काठमाडौं, ६ चैत – न्याय सेवा आयोगले एकसाथ १८५ जना कर्मचारी सरुवा गर्न सिफारिस गरेको छ। आइतबार कामु प्रधानन्यायाधीश दीपक कार्कीको अध्यक्षतामा बसेको बैठकले कर्मचारीको सरुवा तथा पदस्थापन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले खुल्ला तर्फका दुई जना जिल्ला न्यायाधीशको अन्तिम नतिजा पनि प्रकाशन गरेको छ। आन्तरिक खुल्लातर्फ भुवन गिरी र ओमबहादुर सोडारी न्यायाधीशमा नियुक्त हुने भएका छन्।
यस्तै ठूलो संख्यामा कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको छ। निर्वाचन आचारसंहिताका कारण चैत १५ पछि नियमित सरुवा रोकिने भएपछि कर्मचारीको पनि जिम्मेवारी हेरफेर गर्ने निर्णय बैठकले गरेको छ। ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ जना शाखा अधिकृतको सरुवा गर्न सिफारिस भएको छ।
Facebook Comments Box

