प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन
काठमाडौं, ३० फागुन – नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन भएका छन् । पोखरामा भएको प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा चयन भएका हुन् ।
बस्नेत यसअघि पनि सङ्गठनको अध्यक्ष थिए । त्यस्तै, प्रेस चौतारी नेपालले कार्यसमितिका पदाधिकारीहरू पनि चयन गरेको छ । सङ्गठनको उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन प्रियासन, राजेश राई र देविका घर्ती मगर रहेका छन् । महासचिवमा हिरामान लामा, तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।
यसैगरी कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुँदा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, विष्णु तारुके, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् ।
Facebook Comments Box

