मन्त्रीहरु कमिसनका लागि ‘ब्ल्याकमेल’ गर्दैछन् : ओली
काठमाडौं, ३० फागुन – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले कमिसनका लागि ‘ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका छन् ।
नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आइतबार काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै सरकारका मन्त्रीहरुको कार्यशैलीमाथि आक्रोश पोखेका छन् ।
‘अहिलेको सरकारका मन्त्रीहरु ब्ल्याकमेलरको रुपमा, कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेर थर्काएर उसकोमा ताला लगाएर उसकोमा छापा मारेर, के गरेर हैरान पार्न सकिन्छ, अरु उद्यमी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ यस प्रकारका प्रवृत्तिहरु …’ ओलीले भने । विगतमा राज्यभन्दा बाहिरको समूहले लिने आपराधिक लाभ अहिले राज्यको बागडोर सम्हाल्नेहरुले नै लिइरहेको ओलीले बताए ।

