काठमाडौँ उपत्यकामा ५४ जना सहित देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १३ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ जना सहित देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ४५२ आरटी पीसीआर तथा ३ हजार १७६ एन्टीजेन परिक्षण सहित ८ हजार ६२८ जनाको परिक्षण गर्दा थप २७५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ९२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९३२ रहेको छ ।

