काठमाडौँ उपत्यकामा १ हजार ५०९ जना सहित देशभर थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५०९ जना सहित देशभर थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६ आरटी पीसीआर तथा २ हजार ५७९ एन्टीजेन परिक्षण सहित १२ हजार ६०५ जनाको परिक्षण गर्दा थप ३ हजार १७५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या १० लाख ९५ हजार ६३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ७२३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ७७८ रहेको छ ।

