सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने

काठमाडौँ, १५ माघ – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने गरी सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।

अनौपचारिक जानकारी अनुसार अपराह्न ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ भने बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ ।

Facebook Comments Box