काठमाडौँ उपत्यकामा ३ सय १० जना सहित देशभर थप ५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय १० जना सहित देशभर थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २०९ आरटी पीसीआर तथा ४ हजार ८९० एन्टीजेन परिक्षण सहित १२ हजार ९९ जनाको परिक्षण गर्दा थप ५४० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २७१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०२ रहेको छ ।

Facebook Comments Box