काठमाडौँ उपत्यकामा २ सय ५३ जना सहित देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ सय ५३ जना सहित देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ७१५ आरटी पीसीआर तथा ३ हजार ५५२ एन्टीजेन परिक्षण सहित १० हजार २६७ जनाको परिक्षण गर्दा थप ४३५ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ३८५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २३९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १३ हजार १६७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०१ रहेको छ ।

Facebook Comments Box