मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार अमेजन एयरको कार्गो विमान आइतबार स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएर दुर्घटनामा परेको हो ।
बोइङ ७६७–३०० विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा धावनमार्गबाट बाहिरिएको थियो । त्यसक्रममा विमानले केही सवारीसाधनलाई ठक्कर दिँदा आगलागी भएको जनाइएको छ । अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
Facebook Comments Box

