बेलायत र फ्रान्समा एकैदिन कोभिड–१९ का अहिलेसम्मकै धेरै नयाँ संक्रमित

काठमाडौं, ९ पुस – बेलायत र फ्रान्समा एकैदिन कोभिड–१९ का अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन्। बिहीबार बेलायतमा कोरोनाका १ लाख १९ हजार नयाँ संक्रमित थपिएका हुन्। त्यस्तै फ्रान्समा पनि ९१ हजरभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

यसैबीच जर्मनीको रोबर्ट कोच इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजले मुलुकमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ।

कोभिड–१९ संक्रमण अहिले विभिन्न ६ खाडी मुलुकमा पनि ठूलो मात्रामा फैलिएको छ। विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिइरहेको अवस्थामा एस्ट्राजेनेका कम्पनीले आफ्नो बुस्टर डोज नयाँ भेरियन्टविरुद्ध प्रभावकारी रहेको बताएको छ।

बेलायतमा गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टको तुलनामा कम जोखिमपूर्ण हुने गरेको देखाएको छ। यद्यपि यो भेरियन्ट सबैभन्दा संक्रामक रहेको पाइएको छ।

Facebook Comments Box