काठमाडौँ उपत्यकामा १ सय ५१ जना सहित देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ९ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५१ जना सहित देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११०, भक्तपुरमा १० र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ६० आरटी पीसीआर तथा ३ हजार ८३८ एन्टीजेन परिक्षण सहित ११ हजार ८९८ जनाको परिक्षण गर्दा थप २६० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३५९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ रहेको छ ।

Facebook Comments Box