माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन

काठमाडौँ, २९ मङ्सिर – शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।

आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले विज्ञापन आह्वान गरेको हो। आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

Facebook Comments Box