आज देखि भारतमा विकसित जवाद नामको चक्रवातको प्रभाव नेपालमा पर्ने
काठमाडौं,१८ मङ्सिर – आज देखि भारतमा विकसित जवाद नामको चक्रवातको प्रभाव नेपालमा पर्ने भएकाले सतर्कताका लागि मौसम पूर्वाुनमान महाशाखाले अनुराध गरेको छ।
बंगालको खाडीको मध्य–पश्चिम भूभागमा हिजो (शुक्रबार) जवाद नामको सामुद्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज बिहान भारतस्थित ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर उत्तर पूर्वतर्फ सर्ने देखिएको छ।
यो चक्रवातले नेपालमा खासै ठूलो प्रभाव पार्ने सम्भावना नरहे नि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली भई यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा यी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएकाे छ। त्यस्तैगरी आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ।’
महाशाखाले भोलि आइतबारदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्ने सम्भावना देखिएको छ। यसको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
यस्तै सोमबार देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायतलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरेकाे छ।

