पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा नेपालको सानदार जित

काठमाडौँ, ३० कात्तिक – आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग खेल्ने तीन टी-ट्वान्टी सिरिज अन्र्तगत पहिले खेलमा कतारलाई १ सय १९ रनको हराएको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको हो ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा यो नै कीर्तिमानी योगफल हो ।

नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट हुनुभयो । टी-ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उहाँ पहिलो नेपाली महिला खेलाडी समेत बन्नुभयो ।

यस्तै सिता राना मगरले ३९ रन जोडनुभयो । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडनुभयो । कप्तान रुबिना क्षेत्री सुन्य रनमा आउट हुनुभयो । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहनुभयो ।

कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिनुभयो । १ सय ४७ रनको लक्ष लिएर ब्याटिङ्ग गर्न मैदानमा उत्रेको कतरका खेलाडी नेपाली बलरका सामु टिक्न सकेन्न र ११.५ ओभरमा सबै खेलाडी गुमाएर मात्र २७ रन बनायो ।

कातारलाई सस्तोमा समेटन नेपालकी रुविना क्षेत्रीले ३, कविता कुवर र सिता राना मगरले २-२ विकेट लिनुभयो । कतारका लागी कुनै पनि खेलाडीले दाहोरो अंकमा रन बनाउन सकेन्न र खेल १ सय १९ रन बाट हार्न पुग्यो ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

Facebook Comments Box