काठमाडौँ उपत्यकामा १४५ जना सहित देशभर थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४५ जना सहित देशभर थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५०५ आरटी पीसीआर तथा २ हजार ६४४ एन्टीजेन परिक्षण सहित ९ हजार १४९ जनाको परिक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ८४६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १७० जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४८२ रहेको छ ।

Facebook Comments Box