आज नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ, १२ कात्तिक – आज नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक तुल्सीलााल स्मृति प्रतिष्ठानको भवनमा अहिले सुरु हुनेछ।
यसअघि हिजो बिहीबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएको छ। त्यसलाई आज बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने भएको हो।
साथै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे समीक्षा एवं दसौं महाधिवेशनको तयारीबारे छलफल गरिने एमालेले जनाएको छ। एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ।
Facebook Comments Box

