सिंहदरबार भित्र पेस्तोल खसेर गोली चल्यो
काठमाडौं, १० कात्तिक – राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ। दाहालकी पीएसओ असई अनुपमा भारतीले बोकेको पेस्तोल सिंहदरबार भित्र आफैँ खसेर गोली चलेको हो।
‘मिस ह्याडलिङ भएको देखिन्छ। क्षति भने केही पनि भएको छैन’, काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले भने। हतियार मिस ह्याडलिङ गरेको अभियोगमा ती प्रहरीलाई विभागीय कारबाही हुने प्रधान कार्यलयले जनाएको छ।
Facebook Comments Box

