टि २० विश्वकप क्रिकेटमा न्युजरल्याण्डले पाकिस्तान सामु १३५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ९ कात्तिक – टि २० विश्वकप क्रिकेट अन्तरगत आजै भइरहेको दोस्रो खेलमा न्युजरल्याण्डले पाकिस्तान सामु १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शाहारजामा भैरहेको खेलमा टस हारेर ब्याटिङ्ग गर्न मैदानमा उत्रेको न्युजरल्याण्डले निर्धारित २० ओभरमा ८ खेलाडी गुमाएर १३४ रन बनाएको हो ।

न्युजरल्याण्डलकालागी डइल मिसेल र डेभेन कन्वे ले २७-२७ रनको योगदान दिनुभयो । पाकिस्तानकालागी हारीस राउफले ४ विकेट र शेहेन्सा अफ्रीदी,मोहमद हाफिज र इमाद वसिमले १-१ विकेट लिनुभयो ।

Facebook Comments Box