मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट अझै ३/४ दिन मनसुन नबाहिरिने

काठमाडौं, २२ असोज – अहिले प्रदेश १, २, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालबाट अझै ३/४ दिन मनसुन बाहिरिने संकेत देखिएको छैन।

‘आगामी ३/४ दिन मनसुन बाहिरिने सम्भावना देखिएको छैन। छिटपुट, हल्का वर्षा भइरहन्छ’, उनले भने, ‘ठूलो वर्षाको सम्भावनाचाहिँ छैन।’

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मनसुन नेपालबाट बाहिरिनुपर्ने औसत मिति यही अक्टाेबर २ तारिख भए पनि यसकाे अविध केही लम्बिएकाे हाे।

Facebook Comments Box