काठमाडौँ उपत्यकामा ३२२ जना सहित देशभर थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २२ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३२२ जना सहित देशभर थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२९, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ४६६ आरटी पीसीआर तथा १ हजार २२२ एन्टीजेन परिक्षण सहित १० हजार ६८८ जनाको परिक्षण गर्दा ७६४ संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ८३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २१० रहेको छ ।

