साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात
माल्दिभ्स, १६ असोज – साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो।
नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिषले विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए। यसअघि शुक्रबार दिउँसो भएको पहिलो खेलमा बंगलादेशले पनि १–० गोलअन्तरले श्रीलंकालाई हराउँदै विजय सुरुवात गरेको छ।
नेपालले अब सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयानुसार सोमबार राति ९:४५ बजे हुनेछ। सोमबारकै पहिलो खेलमा भने भारत र बंगलादेश भिड्नेछन्।
Facebook Comments Box

