एमालेले समानुपातिकतर्फ १६ सांसद चयन
काठमाडौं, ३० फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ। आज बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजाति समूहबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्य लाई चयन गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्ट का अनुसार खस आर्य समूहबाट पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल लाई चयन गरिएको छ।
त्यसैगरी थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दीकी लाई चयन गरिएको जनाइएको छ।
Facebook Comments Box

