काठमाडौँ उपत्यकामा ३३५ जना सहित देशभर थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३५ जना सहित देशभर थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ६५२ आरटी पीसीआर तथा ३ हजार ८८९ एन्टीजेन परिक्षण सहित १४ हजार ५४१ जनाको परिक्षण गर्दा १ हजार १५७ संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८५ हजार ५३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ११३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १२३ रहेको छ ।

Facebook Comments Box