काठमाडौँ उपत्यकामा ३११ जना सहित देशभर थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ९ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जना सहित देशभर थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा ४० र ललितपुरमा ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ०७ हजार ५० आरटी पीसीआर तथा ३ हजार ५२९ एन्टीजेन परिक्षण सहित १० हजार ५७९ जनाको परिक्षण गर्दा ९५३ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८१ हजार १०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ८७ रहेको छ ।

