काठमाडौँ उपत्यकामा ३९७ जना सहित देशभर थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९७ जना सहित देशभर थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ६६५ आरटी पीसीआर तथा ३ हजार ७२० एन्टीजेन परिक्षण सहित १२ हजार ३८५ जनाको परिक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण देखिएको हो ।
]यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७१ हजार ७३४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १२ रहेको छ ।

