नेपालले अमेरिका सामु १७५ रनको लक्षय प्रस्तुत

काठमाडौँ, १ असोज – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रीङ्खखलाको खेलमा नेपालले अमेरिका सामु १७५रनको लक्षय प्रस्तुत गरेको छ ।

ओमानको अमिरात क्रिकेट मैदानमा टस हारेर व्याटीङ गर्न मैदानमा उत्रेको नेपालले ४८ ओेभरमा सबै खेलाडी गुमाएर १७४ रन बनाएको हो ।
नेपालको लागी ज्ञानेन्द्र मल्ल्ले ५५, कुशल भुर्तेले आज ३६, आजको खेलमा डेब्यु गरनु भएका गुलसन झालले २८ रन बाहेक अरु खेलाडीले रन बनाउन सकेन्न । अमेरीकाको लागि शैरव नटभालाकारले ४, केल फिलिप्सले ३ विकेट लिनु भयो ।

Facebook Comments Box