बाढीले बिरिङ खोलाको पुल बगायो, शनिश्चरे–खुदुनाबारी सडक अवरुद्ध
झापा, २८ साउन
झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ। यो पुल विर्तामोडमार्फत इलामको माई नगरपालिका जोड्ने प्रमुख मार्गमा पर्ने भएकाले शनिश्चरे–खुदुनाबारी आवतजावत पूर्णरूपमा अवरुद्ध भएको हो।
दुई वर्षअघि नै भाँसिएको उक्त पुल विसं २०६५ मा भारत सरकारको दुई करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको थियो। पुल निर्माणपछि सो सडकमा लामो दूरीका सवारीसाधन पनि सञ्चालनमा आएका थिए।
पुल बगाएपछि यातायातका साधनलाई वैकल्पिक रूपमा दक्षिणतर्फको अर्जुनधाराधाम हुँदै अर्को बिरिङ पुलमार्ग प्रयोग गर्नुपरेको छ।
Facebook Comments Box

