काठमाडौँ उपत्यकामा ३५७ जना सहित देशभर थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २६ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५७ जना सहित देशभर थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार १३७ आरटी पीसीआर तथा ३ हजार ७०३ एन्टीजेन परिक्षण सहित ९ हजार ८४० जनाको परिक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६२ हजार ९४६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३६८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९३६ रहेको छ

