देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ७ साउन – देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थानको आसपासमा रहँदा मौसम बदली रहने अवस्था देखिएको हो।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। रातिको समयमा देशका सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले सम्भावित वर्षाका कारण पहिरो, बाढी र जलधाराको बहाव बढ्न सक्ने जोखिम रहेकोले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

Facebook Comments Box