बिहीबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने तथा राति देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ।

बुधबार देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, बिहीबार देशका अधिकांश भूभागमा बादल लाग्नेछ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box