धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरालाई पनि चोट

धनुषा – धनुषामा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। रिनाका ३५ वर्षीय श्रीमान् उमेश यादव घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

मिथिला बिहारी नगरपालिका–४ भरतपुर घर भएका उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी शुक्रबार ससुराली पुगेका थिए। मृतक दम्पतीका चार वर्षीय छोराको तिघ्रामा पनि धारिलो हतियार प्रहारबाट चोट लागेको पाइएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएको छ। घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box