तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

काठमाडौँ । यस वर्षको नोबेल चिकित्सा पुरस्कार अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ तथा उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई प्रदान गरिएको छ।नोबेल पुरस्कार छनोट समितिका अनुसार अप्टोजेनेटिक्स क्षेत्रमा गरेको योगदानका लागि उनीहरूलाई यस वर्षको चिकित्सा पुरस्कार प्रदान गरिएको हो।

अप्टोजेनेटिक्सले जीवित मस्तिष्कमा रहेका स्नायु कोषले स्मृति, भावना र व्यवहार कसरी निर्माण गर्छन् भन्ने अध्ययन र बुझ्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Facebook Comments Box