कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box