परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (यूएनजीए–८१) का क्रममा न्यूयोर्कमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।

भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । दुवै मन्त्रीले नेपाल र भारतबीचको निकट तथा लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पारस्परिक हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन् ।

Facebook Comments Box