आज मौसम सामान्यतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना
काठमाडौँ, १३ माघ – मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ। यतिबेला देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाखाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

