एक महिने गुँला पर्व आज सम्पन्न

काठमाडौँ – बौद्ध समुदायले एक महिनासम्म मनाउँदै आएको गुँला पर्व आज सम्पन्न भएको छ । गत साउन २८ गतेदेखि सुरु भएको पर्वका क्रममा काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा बौद्ध चैत्य, विहार तथा मठमन्दिरको परिक्रमा, पूजाअर्चना र भजनकीर्तन गरिएको थियो ।

गुँला पर्वमा दैनिक विभिन्न सांस्कृतिक बाजागाजा बजाउँदै बुद्धका भजन, श्लोक तथा मन्त्र उच्चारण गरी धार्मिक स्थलको परिक्रमा गर्ने परम्परा छ । पर्व अवधिभर ब्रतालुले नुन नखाई दिनमा एक छाक मात्र भोजन गर्ने तथा बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलनसमेत रहेको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर र मध्यपुरथिमिमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित गुँला पर्व मनाउने गरिन्छ ।

Facebook Comments Box