आठकिलोमा पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडक दुईतर्फी अवरुद्ध

काठमाडौं, २९ साउन – काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिलोमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । बिहीबार बिहान करिब सवा २ बजे खसेको पहिरोका कारण काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन सडकखण्डमै रोकिएका छन् ।

धादिङ प्रहरीले पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको जनाएको छ । अहिले चार वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन अझै करिब आधा घण्टा लाग्ने अनुमान गरिएको छ ।

Facebook Comments Box