आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ८ साउन – सङ्घीय संसद् अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आजका लागि तय गरिएको छ।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीबारे छलफल हुनेछ। सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमसम्बन्धी विषयमा छलफल गरिने कार्यसूची रहेको छ। यस्तै, अपराह्न २:३० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Facebook Comments Box