कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने
काठमाडौं, २० जेठ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगर ले जारी गरेको विज्ञप्तिअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजना गरिनेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई अनुरोध गरिएको छ।
बैठकमा पार्टीभित्रको अनुशासनसम्बन्धी विषय, समितिमा प्राप्त उजुरी तथा आगामी कार्ययोजनाका विषयमा छलफल हुने जनाइएको छ। नेपाली कांग्रेसले आन्तरिक अनुशासनलाई प्रभावकारी बनाउन तथा संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न नियमित रूपमा अनुशासन समितिका बैठकहरू आयोजना गर्दै आएको छ।
Facebook Comments Box

