वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ
काठमाडौं, १९ जेठ – राजेशमान सिंह पक्राउ परेका छन्। मधेश प्रदेश प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिकाका मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो। पर्सा जिल्ला अदालत ले लिखत किर्ते मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
अदालतले जेठ ८ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त मुद्दामा उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए। प्रहरीले अदालतको आदेशअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
Facebook Comments Box

