सप्तकोशी नदीको टापुबाट करिब पाँच क्विन्टल गाँजा बरामद

काठमाडौं, १२ जेठ – सशस्त्र प्रहरी बल नेपाल ले सप्तकोशी नदीको बीच भागस्थित टापुबाट करिब पाँच क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ बीच पर्ने सप्तकोशी नदी को टापुमा लुकाइ राखिएको १६ बोरा गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ४७५ किलोग्राम रहेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्ट का अनुसार विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन वेश चतरा बाट इन्सपेक्टर मेघराज राउत तथा सुरक्षा वेश रामपुरका इन्सपेक्टर राजविक्रम खड्का को कमाण्डमा टोली परिचालन गरिएको थियो । नदीको बीच टापुमा गाँजा लुकाइएकाले टोलीले र्‍याफ्ट बोट प्रयोग गरी गाँजा बाहिर निकालेको जनाएको छ । बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comments Box