विदेशी मुद्राको विनिमयदर उच्च, अमेरिकी डलर अहिलेसम्मकै महँगो
काठमाडौँ, १७ वैशाख – काठमाडौँः नेपाल राष्ट्र बैंक ले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अधिकांश मुद्राको दर वृद्धि भएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च विनिमयदर हो। हिजो यसको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा थियो।
यस्तै, युरो १ को खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा रहेको छ।
यसैगरी, कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा तथा बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९७ पैसा पुगेको छ। राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहनेछ।

