बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १९ भदौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाउँदै केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरेको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका साथै तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्छ। यस्तै, मधेस प्रदेशका थोरै र लुम्बिनीको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले दिउँसोभरि बादल लाग्ने र वर्षा हुने अवस्था रहने महाशाखाले जनाएको छ। वर्षाका कारण ठूला–साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले महाशाखाले सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।

Facebook Comments Box