पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दाजुभाइको मृत्यु
काठमाडौं, २५ चैत । ललितपुरको पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु भएको छ ।प्रहरीका अनुसार आक्रमणमा परेर ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको ज्यान गएको हो । उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनाबारे जानकारी दिँदै ललितपुरका प्रहरी प्रमुख होविन्द्र बोगटी ले घटनामा संलग्न दुई जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box

