खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ
काठमाडौँ, १२ साउन – कोरोना भाइरसबाट मुक्तिका लागि नेपालसहित विश्वका विभिन्न देशमा खोप लगाउने अभियान जारी छ। तर खोप लगाएका कतिपय मानिस पनि कोरोनाबाट संक्रमण भइरहेको पाइएको छ। यीमध्ये धेरै जना लापरबाहीका कारण संक्रमित भइरहेका छन्।
खोप लगाइसकेपछि देखिन सक्छन् यी लक्षण
नाकबाट पानी बग्ने
घाँटी दुख्ने
गन्ध थाहा नपाउने
टाउको दुख्ने
हाच्छिउँ आउने
खोप लगाइएको छैन र संक्रमण भएको छ भने देखिन सक्छन् यस्ता लक्षण
टाउको दुख्ने
घाँटी दुख्ने
नाकबाट पानी बग्ने
लगातार खोकी लाग्ने
गन्ध पाउने क्षमता घट्ने
ज्वरो आउने
यसरी सकिन्छ बच्न
खोप लगाउनुअघि वा लगाइसकेपछि अनिवार्य रूपमा मास्क लगाइरहनुपर्छ, किनकि कोरोना अझै हाम्रो वरिपरि छ।
मानिससँग भेटघाट कम गर्ने। सकेसम्म घरमै बस्ने, भीडभाड हुने ठाउँमा नजाने।
हात साबुनपानी वा सेनिटाइजरले सफा गरिरहने, बाहिरबाट घर आएपछि नुहाउनु एकदमै राम्रो हो।
सार्वजनिक सवारीसाधन, कार्यालय, पसल, मल आदि स्थानमा जाँदा भौतिक दूरी कायम गर्ने।
आफ्ना बालबच्चालाई घरबाट बाहिर जान नदिने र उनीहरूलाई सरसफाइबारे जानकारी दिने, मास्क लगाउन भन्ने।

