रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन

काठमाडौँ, १२ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।

पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव राख्नुभएको थियो। उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको जानकारी पार्टीका प्रवक्ता मनिष झालेले दिनुभयो। यससँगै रास्वपाको संसदीय नेतृत्व अब शाहको हातमा पुगेको छ।

Facebook Comments Box